कर्णाली प्रदेश सरकार
उधोग,पर्यटन, वन तथा वातावरण मन्त्रालय
प्रदेश वन निर्देशनालय
डिभिजन वन कार्यालय
मुगु
कार्य विवरण

क्षेत्र भित्र रहेका वन तथा भू-संरक्षण विभाग, वनस्पति विभाग, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन अनुसन्धान तथा सर्वेक्षण विभाग तथा वन तालिम केन्द्र अन्तर्गतका कार्यालयहरुबाट संचालित कार्यक्रमहरुको अनुगमन तथा निरीक्षण गर्ने । क्षेत्र स्थित वन, वनस्पति, भू-संरक्षण, वन अनुसन्धान र राष्ट्रिय निकुन्ज सम्बन्धि कार्य गर्ने आयोजना, परियोजना र अन्य गैरसरकारी संघ संस्थाहरुसँग समन्वय गरी कार्यक्रम संचालन एवं प्रभावकारी बनाउने । वन अनुसन्धान तथा सर्वेक्षण विभाग अन्तर्गतका अनुसन्धान प्लटहरुको अनुगमन तथा निरीक्षण गर्नुको साथै अनुसन्धानबाट प्राप्त जनउपयोगी नतिजाहरुको प्रचार प्रसार गर्ने गराउने ।